Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त


काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको उद्धार र उपचारको कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्।

उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु।’

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बस दुर्घटनामा हुदा ३५ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?