Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

मोरङ घटना : भागेर बिहे गर्न नमान्दा हत्या


काठमाडौं । मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो । उनका एक श्रीमती र १४ वर्षीय छोरासमेत छन् ।

सोमवार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको बिभत्स हत्या भएको थियो । हत्यापछि फरार बनेका चौधरीलाई प्रहरीले बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको थियो । वैदेशिक रोजगारीका क्रममा दुबई हुदा सामाजिक सञ्जालबाट छोराकै उमेरकी ज्ञानमतिसँग चिनजान भएको थियो । विदेशबाट फर्किएर बाराको सिमरामा घर बनाएर बस्दै आएका धीरेन र ज्ञानमतिबीच भेटघाट हुने गरेको थियो । तर ज्ञानमतिका परिवारले नस्वीकारेपछि हत्या गरेको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको छ । पोस्टमार्टम रिपोर्ट पछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?