Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मोरङ घटना : भागेर बिहे गर्न नमान्दा हत्या


काठमाडौं । मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो । उनका एक श्रीमती र १४ वर्षीय छोरासमेत छन् ।

सोमवार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको बिभत्स हत्या भएको थियो । हत्यापछि फरार बनेका चौधरीलाई प्रहरीले बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको थियो । वैदेशिक रोजगारीका क्रममा दुबई हुदा सामाजिक सञ्जालबाट छोराकै उमेरकी ज्ञानमतिसँग चिनजान भएको थियो । विदेशबाट फर्किएर बाराको सिमरामा घर बनाएर बस्दै आएका धीरेन र ज्ञानमतिबीच भेटघाट हुने गरेको थियो । तर ज्ञानमतिका परिवारले नस्वीकारेपछि हत्या गरेको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको छ । पोस्टमार्टम रिपोर्ट पछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?