Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

निर्णायक माधव नेपालः किन शक्ति केन्द्र घरमै धाउन थाले ?


काठमाडौ । एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावमा एकीकृत समाजवादी सकारात्मक देखिएको हो ।

प्रचण्ड र ओली मंगलबार साँझ नेपालनिवास कोटेश्वर पुगेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । आपसी परामर्शविना प्रचण्डले गठबन्धन बनाएकोमा नेपाल असन्तुष्ट थिए । प्रचण्ड र ओलीले सविस्तार मुलुकका चुनौती र आगामी यात्राबारे प्रस्ट कुरा राखेपछि नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक बनेको स्रोतको दाबी छ ।

१. कोशीः जम्माः ९३, बहुमत ४७ । एमाले ४०, माओवादीको १३ र जसपाको १ ले स्पष्ट बहुमत पुगेपनि संवैधानिक कारणले गठबन्धन सरकार बन्न सर्वोच्च अदालत कारक हुने । नेपाली कांग्रेसः २९

२. मधेशः जम्मा १०७, बहुमत ५४ । एमाले २३, माओवादी ८ र जसपा १६ गरी जम्मा ४७ मात्रै । बाँकी ७ को लागि कि त लोसपा ९ वा समाजवादी ७ को भर पर्नुको विकल्प छैन । नेपाली कांग्रेसः २२

३. बागमतीः जम्मा ११०, बहुमत ५६ । एमाले २७ र माओवादी २१ गरी जम्मा ४८ मात्रै । बाँकी ७ सिटको लागि समाजबादी ७ बाहेक अरु विकल्प छैन । नेपाली कांग्रेसः ३७

४. गण्डकीः जम्मा ६०, बहुमत ३१ । एमाले २२ र माओवादी ८ गरी ३० मात्रै । बाँकी १ को लागि समाजबादी १ बाहेक अरु विकल्प छैन । नेपाली कांग्रेसः २७

५. लुम्बिनीः जम्मा ८६, बहुमत ४४ । एमाले २९, माओवादी १० र जसपा ३ गरी जम्मा ४२ । बाँकी २ स्थानमा समाजबादी १ र नाउपा ४ वा लोसपा ३ मध्ये एक अनिवार्य । नेपाली कांग्रेसः २७

६. कर्णालीः जम्मा ४०, बहुमत २१ । माओवादी १३ र एमाले १० गरी २३ । अरु कोही नभएपनि हुने । नेपाली कांग्रेसः १४

७. सुदुर पश्चिमः जम्मा ५३, बहुमत २७ । माओवादी ११ र एमाले १० गरी जम्मा २१ बाँकी ६ स्थानमा समाजबादी ४ जोड्दा नि नपुग्ने । नाउपा ७ अनिवार्य । नेपाली कांग्रेसः १९ अब कहाँ कहाँ गठबन्धनको सरकार बन्ने ? कहाँ कहाँ नेपाली कांग्रेसले अर्को गठबन्धन बनाउने र कहाँ कहाँ मध्याबधि गर्ने ?


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?