Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

समाचार


रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन् । बुधवार पार्टीको केन्द्रिय कार्यालय, बनस्थलीमा आयोजित एक कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेका हुन् । पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यलाई शपथ गराएका हुन् । गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा

भारतीय हेलिकप्टर प्रवेशबारे उठेका प्रश्नको परराष्ट्रमन्त्रीले दिए जवाफ

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टिकरण दिएका छन् । बुधवार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको जवाफ दिने क्रममा उनले मौसम खराव भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको स्पष्ट पारेका हुन् । मन्त्री

मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी

‘लागूऔषधबाट टाढा रहन विद्यार्थीलाई पूर्व सहायक सिडिओ श्रेष्ठको आग्रह’

काठमाडौँ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२६ (जुन २६) को अवसरमा चन्द्रागिरीस्थित नारायण जन माध्यमिक विद्यालयमा लागूऔषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा करिब ९० जना छात्र–छात्रालाई लागूऔषध दुरुपयोगका असर, जोखिम तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा पूर्व सहायक प्रमुख

बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पण्डित

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताएका छन् । आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले प्रश्तुत गरेको बजेट (वित्त नीति) सँग तादम्यता मिल्ने गरी मौद्रिक

चिकित्सा शास्त्रका विद्यार्थीद्वारा प्रदर्शनः ‘ब्याच ड्रप’ नियम खारेज र न्यायपूर्ण परीक्षाको माग (तस्बिरहरु)

काठमाडौँ। त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा सामूहिक रूपमा उनीहरुले प्रदर्शन गरेका हुन् । पुरानो, अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पु¥याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरुद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी

मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भयोः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरेका छन् ।

कार्यवाहक राजदूत फुयाललाई अनेसासको विशिष्ट सम्मान

बर्लिन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीका लागि नेपालका कार्यवाहक नेपाली राजदूत तथा पूर्व नियोग उपप्रमुख सागर फुयाललाई विशिष्ट सम्मान प्रदान गरेको छ।शनिबार बर्लिनमा आयोजित एक कार्यक्रमबीच फुयाललाई सम्मान गरिएको हो। अनेसास जर्मनी च्याप्टरले फुयालले कूटनीतिक क्षेत्रमा निर्वाह गर्नुभएको उल्लेखनीय राष्ट्रसेवाका साथै लेखक, कवि तथा गीतकारका रूपमा

ट्रम्पको युद्ध अधिकार सीमित, अमेरिकी राजनीतिमा नयाँ तरंग

एजेन्सी। अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो

करातेकी एरिका र उसुका विजय एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी

काठमाडौँ। करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकन छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् । काठमाडौंको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली

सम्वन्धित समाचारहरु