Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ट्रम्पको युद्ध अधिकार सीमित, अमेरिकी राजनीतिमा नयाँ तरंग


एजेन्सी। अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ ।

मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो पहिलो पटक हो । यस कदमलाई ट्रम्प प्रशासनको युद्ध व्यवस्थापन पद्धतिप्रति बढ्दो राजनीतिक विरोधको सङ्केतका रूपमा हेरिएको छ । इरान सैन्य शक्ति नियन्त्रण सम्बन्धी उक्त प्रश्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । मतदानका क्रममा चार जना रिपब्लिकन सिनेटरहरूले विपक्षी डेमोक्र्याट सदस्यहरूलाई साथ दिएका थिए भने एक जना डेमोक्र्याट सदस्यले प्रश्तावको विपक्षमा मतदान गरेका थिए ।

कङ्ग्रेसको वेबसाइटमा प्रकाशित विधेयकको सारअनुसार यस प्रस्तावले युद्धको औपचारिक घोषणा वा सैन्य बल प्रयोगका लागि विशेष कानूनी अनुमति नभएसम्म राष्ट्रपतिलाई अमेरिकी सशस्त्र सेनालाई इरानविरुद्धका शत्रुतापूर्ण गतिविधिबाट फिर्ता बोलाउन निर्देशन दिन्छ ।

यसका साथै, उक्त प्रश्तावले युद्धको घोषणा गर्ने र सैन्य द्वन्द्व शुरु गर्ने कङ्ग्रेसको संवैधानिक अधिकारलाई समेत पुनः पुष्टि गरेको छ । प्रश्तावका समर्थकहरूले इरानविरुद्धको वर्तमान संघर्ष अनधिकृत र ‘इच्छाधीन युद्ध’ (वार अफ च्वाइस) भएको तर्क गर्दै आएका छन् ।


प्रकाशित मिति: १० असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?