Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन् ।

बुधवार पार्टीको केन्द्रिय कार्यालय, बनस्थलीमा आयोजित एक कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेका हुन् । पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यलाई शपथ गराएका हुन् । गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रिय सदस्य निर्वाचित भएका थिए । शपथ समारोहपछि सभापति लामिछानेले सबै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

शपथग्रहणपछि रास्वपाको पहिलो केन्द्रिय समितिको बैठक पनि बुधवार नै बसेको छ । पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको लेखा आयोग प्रमुख अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुख भुवन केसी छन् ।


प्रकाशित मिति: १७ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?