१४ भदाै, काठमाडाैँ । सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनकाे भाउ ताेलाकाे एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर
१४ भदौ, काठमाडाैँ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व
१४ भदाै, एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् । पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको
१४ भदाै, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ। पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो। गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित ५ लाख बजेटमा १७० थान कोरेसो र ५०
१३ भदौ, काठमाडाैँ । इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली बुधबार मिशन इलाकातर्फ प्रस्थान गरेको छ । सो मिशनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक भोलि भदौ १४ गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना
१४ भदौ, काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ
१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो
१४ भदाै, काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ । काभ्रेपलाञ्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी
१४ भदौ, विराटनगर । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९÷७० मा सात हजार चार
१४ भदाै, एजेन्सी । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् । उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन्