Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जुटको उत्पादन बढ्यो, मूल्य घट्यो


१४ भदौ, विराटनगर । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९÷७० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले बताए ।

मोरङमा विगतका वर्षमा प्रति हेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंह बताउनुहुन्छ । आव २०७८÷७९ मा जुटको मूल्य प्रतिक्विन्टल रु ११ हजार थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल रु नौ हजार थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल रु आठ हजार तीन सय पुगेको ज्ञान केन्दले जनाएको छ ।

कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ ।

जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु २० हजारका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ । मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ । झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?