८ भदाै, मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे । पूर्वप्रधानमन्त्री
८ भदाै, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले माधव नेपालले भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले पनि नपत्याउने बताएका छन् । उनले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको दाबी गरे । "ललितानिवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्यो
८ भदौ, काठमाडाैँ । सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ । सो समितिले पारित गरेको विधेयक अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ
८ भदाै, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ। भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश
८ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । वनस्थलीस्थित
८ भदाै, काठमाडाैँ । श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका दरबार क्षेत्रको भूतिसतलमा बसेर १२ वर्षमा खड्ग साट्ने पचली भैरवको जात्राका लागि यस वर्ष तयारी सुरु गरिएको श्री पचली भैरव
८ भदाै, काठमाडाैँ । नेकपा (एमाले) ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ। यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो। एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पलिकाका वडाध्यक्ष,
८ भदाै, ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका–१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ । वरपर शान्त, स्वच्छ र मनोरम
८ भदाै, स्याङ्जा । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित
८ भदाै, काठमाडाैँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो