Trending
>>   सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ >>   नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री >>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु >>   भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः चार प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु


८ भदाै, काठमाडाैँ । श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ ।

हनुमानढोका दरबार क्षेत्रको भूतिसतलमा बसेर १२ वर्षमा खड्ग साट्ने पचली भैरवको जात्राका लागि यस वर्ष तयारी सुरु गरिएको श्री पचली भैरव श्री भद्रकाली (लुमधि) अजिमाको बाह्रवर्षे खड्ग सिद्धि जात्रा गुठी व्यवस्थापन समितिले जनाएको छ ।

खड्ग साटेसँगै पचली भैरवको खड्ग सिद्धि नाच राजधानीका विभिन्न भागमा एक वर्षसम्म प्रदर्शन गर्ने विधि रहेको छ ।

काठमाडौँ महानगरपालिका–२१ ज्याबहालमा नयाँ निर्माण गरिएको पचली भैरवको देवता घरमा नाचको तयारी गठेमङ्गल पर्वदेखि सुरु गरिएको जात्रा व्यवस्थापन समितिका सचिव भरत मालीले जानकारी दिए ।

यस वर्षको विजयादशमीका अवसरमा आगामी कात्तिक ७ गते मङ्गलबारदेखि सुरु हुने नाचका लागि कामिका एकादशीका दिन हनुमानढोका दरबार सङ्ग्रहालयमा रहेको पूर्वराजाको खड्गमा सुपारी र दामसहित निमन्त्रणा गरिएको उनको भनाइ छ ।

मालीका अनुसार राजतन्त्र हुञ्जेल राजासँग खड्ग साट्ने जात्रा १२ वर्षमा गर्ने गरिएको थियो । ‘राजतन्त्रको अन्त्यपछि नाच र जात्रा गर्ने गरिए पनि खड्ग साट्ने परम्परामा केही नयाँपन आएको छ । यसअघि २०६८ सालमा भएको जात्रामा तत्कालीन राष्ट्रपति डा रामवरण यादवसँग खड्ग साट्ने वा नसाट्ने विषयमा बहस भएको थियो’, उनले भने, ‘जात्रा व्यवस्थापन समितिले गुरुहरुसँगको सल्लाहमा त्यस बेला खड्गलाई एकापसमा छुवाउने निर्णय भएको थियो ।’

यसपटक भने तलेजु भवानीका पुजारीसँगको सल्लाहमा खड्गलाई आसनमा राख्न लागिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यसका लागि आसनको निर्माण पनि भइसकेको समितिका सचिव मालीले जानकारी दिए । उनका अनुसार जात्राको तयारीका लागि हाल दैनिकरुपमा देवताको घर रहेको वडा नम्बर २१ को कार्यालयमा नाचको तयारी भइरहेको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?