Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्मचारीसँग पैसा उठाउने वन निर्देशकलाई संसदीय समितिले बोलायो


८ भदाै, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ।

भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि उपसमिति बनाएको थियो।

उपसमितिका संयोजक मानबहादुर धामीका अनुसार निमित्त वन निर्देशक भट्टलाई भदौ ११ गते ११ बजे समितिको बैठकमा जवाफ दिने गरेर उपस्थित हुन पत्राचार गरिएको छ।

भट्ट स्वयमको स्वरमा गाली गलोज र रकम असुली गरेको हुँ भन्ने भिडियो र अडियो सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले प्रदेश सभा सदस्य धामीको संयोजकत्वमा वीरबहादुर थापा, खेमादेवी विष्ट, वेलबहादुर रानामगर र टीका थापा सदस्य रहेको पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

केही दिनअघि सार्वजनिक भएको अर्को भिडियोमा भट्टले मातहतका डिभिजन वन कार्यालयको नामै किटान गरेर २० हजारदेखि एक लाख रुपियाँसम्म उठाएको बताएका छन्।

भदौ ४ गते बनाइएको छानबिन उपसमितिलाई १५ दिन भित्र सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेश गर्न समय दिएको छ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?