पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताए । ‘तपाईंहरुको सेवा तुलनात्मक
काठमाडौं। वल्र्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छिन् । इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन्। च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागीता रहनेछ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक
एजेन्सी। अस्ट्रेलियामा आप्रवासीहरूको संख्या घटाउन सरकारले गरेको कारबाहीका कारण अस्ट्रेलियामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा आवेदन दिनेको संख्या आधाले घटेको छ । बिहीबार नाइन इन्टरटेनमेन्ट पत्रिकाले प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका थिए । जुन सन् २०२३ को अगस्टमा ३०
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा
आज मिति २०८१ साल असोज १९ गते शनिबार ( 05 oct , 2024) आश्विन शुक्लपक्ष तृतीया ०४:५४ बजेसम्म, त्यसपछी चतुर्थी मेष – मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ। बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण काम फत्ते गर्न सकिनेछ। प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा
काठमाडौँ । कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ । शुक्रवार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नेपालको कृषि क्षेत्रलाई परिवर्तन गर्नसक्ने विज्ञहरुले सम्मेलनमा बताए । उनीहरुले नेपालले कृषिको क्षेत्रमा
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिवत शुरुवातसँगै दशैँको रमझम देखिएको छ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । भक्तजनहरुको घुइचो यसपटक
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्कनुभएको हो । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता