Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

समाचार


कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ !

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन्। आफूलाई प्रहरीले काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको सिवाकोटीले बताएका छन्। लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खानलगायतलाई पनि प्रहरीले पक्राउ गरेको छ।

एमालेलाई जग्गा दान गर्ने मीनबहादुरसँग प्रभु साहले मागे जग्गा !

सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।दसैँ, तिहार तथा छठ पर्वको शुभ सिराहाको गोलबजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् ।जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका

दुई दिनदेखि तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटीसी अफिसर’ विवश दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब ८०० पर्यटक भित्रिएको

अध्यापन अनुमति पत्र लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थप

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद कार्तिक २ गतेसम्मको लागी थप गरेको छ। अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले सिङ्गल दस्तुरमा कार्तिक २ गतेसम्म र यसैगरी दरखास्त दस्तुर कार्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ। यसैगरी,

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’रुस

काठमाडौँ । क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मंगलवार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति-आक्रमण’ अभियान सञ्चालन गरेको थियो ।

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया (कैलाली) । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु. ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक-एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि,सावधानी अपनाउन आग्रह

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य

भारतीय विदेश मन्त्री एस जयशंकर पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेश मन्त्री सुबह्मण्यम जयशंकर मंगलबार सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुन् । विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशंकरको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजे राजधानी इस्लामाबाद नजिकैको

नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित- गृहमन्त्री लेखक

काठमाडौं।  गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिक विचको पहिलो सम्पर्क सुत्राका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै

सम्वन्धित समाचारहरु