Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

पृथ्वीजयन्तीमा आम सर्वसाधरण र नेताहरुद्वारा माल्यार्पण


काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिवार काठमाडौंमा र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रनिर्माता शाहको ३०३ औं जन्मजयन्ती मनाइएको हो । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गरेका छन् । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् ।

आजको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले चियापानसमित राष्ट्रिय एकता दिवस समेत मनाउने गर्दछन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?