Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

श्रष्टाहरुले शव्दमार्फत यसरी सम्झिए पृथ्वीनारायणलाई


काठमाडौं । पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरेका छन् ।

चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् । श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र  राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी,राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई,नवराज लम्साल,मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गरेका छन् ।

पृथ्वीनारायण शाहले शुरु गर्नुभएको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उहाँको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गर्नुभएको थियो । २०७४ असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको थियो  ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?