Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्णः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले समाज र समाजलाई सञ्चालन गर्ने राजनीतिअनुसार नै मुलतः शिक्षा निर्देशित हुने बताउंदै शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्यअनुसार नै समाजको दिशा निर्देशन हुने बताएका छन् । उनले शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताए । शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको र नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

सभामुख घिमिरेले भने, ‘शिक्षा समाजलाई अगाडि लैजानका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि, राष्ट्रिय एकतालाई खँदिलो बनाउनका लागि, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्नको लागि वा मानव जातिलाई उन्नत ठाउँमा लानको लागि एउटा महत्वपूर्ण विषय हो । त्यस रुपबाटै शिक्षाको विकास हुने गर्दछ । शिक्षालाई अगाडि लैजाने सन्दर्भमा नै यो इक्यान स्थापना भएर आजसम्म काम गरिरहेको छ । समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशमा लैजाने महत्वपूर्ण भुमिका खेल्छ ।’

सभामुख घिमिरेले स्वरोजगारका अवसरहरु नहुँदा नेपाली विद्यार्थी बाहिरी देशमा गइरहेको बताए ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?