Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्णः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले समाज र समाजलाई सञ्चालन गर्ने राजनीतिअनुसार नै मुलतः शिक्षा निर्देशित हुने बताउंदै शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्यअनुसार नै समाजको दिशा निर्देशन हुने बताएका छन् । उनले शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताए । शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको र नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

सभामुख घिमिरेले भने, ‘शिक्षा समाजलाई अगाडि लैजानका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि, राष्ट्रिय एकतालाई खँदिलो बनाउनका लागि, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्नको लागि वा मानव जातिलाई उन्नत ठाउँमा लानको लागि एउटा महत्वपूर्ण विषय हो । त्यस रुपबाटै शिक्षाको विकास हुने गर्दछ । शिक्षालाई अगाडि लैजाने सन्दर्भमा नै यो इक्यान स्थापना भएर आजसम्म काम गरिरहेको छ । समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशमा लैजाने महत्वपूर्ण भुमिका खेल्छ ।’

सभामुख घिमिरेले स्वरोजगारका अवसरहरु नहुँदा नेपाली विद्यार्थी बाहिरी देशमा गइरहेको बताए ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?