Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउँछः उद्योगमन्त्री भण्डारी


काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताएका छन् ।

शुक्रवार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताए । उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको र त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताएका छन् ।

उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताएका छन् ।

उनले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउदै चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?