Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउँछः उद्योगमन्त्री भण्डारी


काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताएका छन् ।

शुक्रवार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताए । उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको र त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताएका छन् ।

उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताएका छन् ।

उनले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउदै चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?