Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


सोनामाई मन्दिरमा तान्त्रिक मेला

महोत्तरी । प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् । नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन्

चाडबाडले बजारमा चहलपहल

बेदकोट,कञ्चनपुर । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढिरहेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताएका छन् । चाडबाडको समय सुरु भएकाले

आज सुनको मूल्यमा बन्यो रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार

काठमाडौं । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको

नेपालले साउदी अरेबियालाई  ३ सय ४८ रनको  लक्ष्य दियो

काठमाडौं । एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दशैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए

एनआरएनए अध्यक्ष पदमा महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष समेत रहेकी थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी

करणको उत्कृष्ट बलिङमा हङकङविरुद्ध नेपालको शानदार सुरुआत

काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ । पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे । पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् भने पाँच ओभर सकिंदा हङकङले

मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन

नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपहरुको पूजा गर्ने परम्पराअनुसार आज स्कन्दमाताको पूजा गर्न लागिएको

सम्वन्धित समाचारहरु