Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

चाडबाडले बजारमा चहलपहल


बेदकोट,कञ्चनपुर । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढिरहेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताएका छन् । चाडबाडको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीले समेत बताए । गाउँ सहरमा दसैँ तिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका दाजुभाई दिदीबहिनी घर फर्किएर  आएका छन् ।
नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेकाले बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताए । उनले चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन नासकेको, आर्थिक मन्दी भइ व्यापार खस्किँदै गएको बताए ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?