Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एनआरएनए अध्यक्ष पदमा महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता


काठमाडौं । गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष समेत रहेकी थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी हुन् । उनले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन् ।

उनले संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो । त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउनुका साथै अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ तथा उनको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीलाई मतदान गरी विजयी बनाउन पनि सम्पूर्ण डेलिगेट्स मित्रलाई आग्रह समेत गरेकी छन् । त्यस्तै २०२१–२०२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने बताएकी थिइन्, तर अध्यक्षका उम्मेदवार श्रेष्ठ र उनको टिमसँग सघन वार्तापछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन् ।

रबिना थापाको विज्ञप्ति:-

गैर आवासीय नेपाली संघ (एनआरएनए) को हाल जारी ११औं महाधिवेशनमा मैले संघलाई एकताबद्ध गर्दै यस अघि पुरा हुन बांकी एजेन्डाहरु पुरा गर्ने उद्देश्य सहित पुन: २०२३-२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी थिएँ । अहिले पनि संघमा समेटिन नसकेका श्री बिनोद कुँवरले नेतृत्व गरेका साथीहरुलाई समेटेर संघलाई अगाडी बढाउन मैले जोड दिंदै आएको सबै साथीहरुलाई अवगत नै छ । २०२१-२३ कार्यकालका उपाध्यक्ष तथा हाल अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिना भित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सारेकोले म त्यसलाई स्वागत र समर्थन गर्दछु ।

संसारभरि रहेका गैर आवासीय नेपाली साथीहरुले फोन तथा विभिन्न माध्यमबाट मलाई सम्पर्क गरी अहिलेको अवस्थामा गैरआवासीय नेपाली संघलाई एकतावद्ध गराउन पहल लिन सुझाव दिंदै आएका छन् । विषम परिस्थितिमा पनि २०२१-२३ कार्यकालमा हामीलाई दिइएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्‍यौं । यही कार्यकालमा गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा प्रवासमा कार्यरत तीन लाख भन्दा बढी नेपालीहरु आबद्ध भइसकेका छन् । संघमा मैले उठाउंदै आएको युवा तथा महिलालाई संघभित्र अग्रस्थान दिने कार्य योजनालाइ अध्यक्ष पदका उम्मेदवार महेशजीले प्राथमिकताका साथ अगाडी बढाउने वचन दिएका छन् । अन्तरराष्ट्रिय स्तरमा ग्लोबल फन्ड निर्माण गर्ने, गैर आवासीय नेपाली सम्बन्धी मन्त्रालय स्थापनाका लागि पहल गर्ने, सातै प्रदेशमा स्मार्ट शौचालय निर्माण गर्ने, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि उच्च राजनीतिक स्तरमा पहल गर्ने लगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने मेरा एजेन्डाहरुलाई उनले आगामी कार्यकालमा अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

उनी र उनले नेतृत्व गरेको टिमले स्थापनाको २० वर्ष पुरा गरेको संघलाई आगामी दशकका लागि स्पष्ट कार्ययोजनासहित अगाडि बढाउने मैले विश्वास लिएकी छु । संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो । त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । साथै, अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा उनको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरुलाई मतदान गरी विजयी बनाउनु हुन पनि सम्पूर्ण डेलिगेट्स मित्रहरुलाई आग्रह गर्दछु। धन्यवाद !


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?