Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सोनामाई मन्दिरमा तान्त्रिक मेला


महोत्तरी । प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् । नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन् । यसरी पुकारेपछि दुष्टात्माले छोड्ने विश्वास गरिन्छ । वर्षौंदेखि भूत, पिसाच, जादुटुनाको कुचक्र र बोक्साबोक्सीबाट सताइएर जीवन र मृत्युको दोसाँधमा परेका मानिस मन्दिर सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै भुईमा लडिबुडी गर्ने, रुने, हास्नेजस्ता असमान्य गतिविधि देखाउने र मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झाले बताएका छन् ।

पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने यो मेलामा मधेश प्रदेशभरिकै र छिमेकी भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको पनि यहाँ घुइँचो लाग्ने गरेको छ । यो तन्त्र साधनाका लागि उपयुक्त अवसर पनि मानिन्छ । यहाँ तन्त्रसाधना गराउने गुरुले मानवहितलाई सर्वोपरी राखेर साधना गर्न सिकाउने पुजारी झाको भनाइ छ । सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मान्यता रहेको उनको भनाइ रहेको छ । बडादसैँ पर्वमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्न नहुने र मेलाको यो पक्षलाई परिस्कार गरिनपर्नेमा भङ्गाहा–४ का युवा रामईश्वर ठाकुरले जोड दिए ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?