Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सोनामाई मन्दिरमा तान्त्रिक मेला


महोत्तरी । प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् । नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार्छन् । यसरी पुकारेपछि दुष्टात्माले छोड्ने विश्वास गरिन्छ । वर्षौंदेखि भूत, पिसाच, जादुटुनाको कुचक्र र बोक्साबोक्सीबाट सताइएर जीवन र मृत्युको दोसाँधमा परेका मानिस मन्दिर सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै भुईमा लडिबुडी गर्ने, रुने, हास्नेजस्ता असमान्य गतिविधि देखाउने र मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झाले बताएका छन् ।

पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने यो मेलामा मधेश प्रदेशभरिकै र छिमेकी भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको पनि यहाँ घुइँचो लाग्ने गरेको छ । यो तन्त्र साधनाका लागि उपयुक्त अवसर पनि मानिन्छ । यहाँ तन्त्रसाधना गराउने गुरुले मानवहितलाई सर्वोपरी राखेर साधना गर्न सिकाउने पुजारी झाको भनाइ छ । सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मान्यता रहेको उनको भनाइ रहेको छ । बडादसैँ पर्वमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्न नहुने र मेलाको यो पक्षलाई परिस्कार गरिनपर्नेमा भङ्गाहा–४ का युवा रामईश्वर ठाकुरले जोड दिए ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?