Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण


काठमाडौँ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि इजरायल र नेपालबिचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।

राजदूत बासले यहाँस्थित इजरायली दूतावासले आज जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको र दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताएका जनाइएका छन् ।

उनलाई सङ्ग्रहालयका अध्यक्ष परशुराम पोख्रेलले स्वागत गरेका छन् भने प्रधानमन्त्री कोइरालालाई नौ वर्ष बन्दी बनाएर राखेको सुन्दरीजल जेललाई सङ्ग्रहालयको रूपमा विकास गरिएको जानकारी दिएका छन् ।

इजरायल नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य रहेको छ भने इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबिच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?