Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल


म्याग्दी । नेकपा (माओवादी केन्द्र) का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दशैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए । उनले सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उनले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पार्दै राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्ने बताएका छन् ।

सोही पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता औलायेका छन् भने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय राजनीतिक दल र प्रशासनिक निकाय विकासको मुद्दामा एकताबद्ध रहेका बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्नेमा जोड दिए ।

नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्ती घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र साझा धारणा बनाउने बताए भने माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक तथा आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउ चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पूर्वसांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?