Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौँ : नेता पौडेल


म्याग्दी । नेकपा (माओवादी केन्द्र) का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीको बेनी नगर कमिटीले दशैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए । उनले सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उनले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पार्दै राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्ने बताएका छन् ।

सोही पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता औलायेका छन् भने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय राजनीतिक दल र प्रशासनिक निकाय विकासको मुद्दामा एकताबद्ध रहेका बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्नेमा जोड दिए ।

नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्ती घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र साझा धारणा बनाउने बताए भने माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक तथा आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउ चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पूर्वसांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?