गोरखा। गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसैगरी, गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी
काठमाडौँ। नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर आज सार्वजनिक गरेको हो
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्नुभएको हो । त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध
एजेन्सी ।बढ्दो गर्मीको समयमा मानिसलाई धेरै पसिना आउने गर्छ । पसिनाका कारण जीउ गन्हाउने हुन्छ । पसिना गन्हाउँदा आफूलाई मात्र होइन सँगै बस्ने साथीहरुलाई पनि असहज बनिरहेको हुन्छ । यस्ताे अवस्थामा धेरै उपाय अपनाइरहेको पनि होला । शरिरमा भएको बिकार समेत पसिनाकै कारण बाहिर निस्किनुका साथै पसिनाले शरिरको तापक्रम समेत
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएकाे छलफल स्थगित भएको छ। संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए। प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ। बैठक भोलि शनिबार बिहान बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी
काठमाडौं । पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । “दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले
काठमाडाैं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुनुहुन्छ । लामो समयदेखि यहि क्षेत्रमा निरन्तर लाग्दै आउनु भएकी मुटुरोग विशेषज्ञ डा.स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसक्नु भएको छ । चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ । इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको
काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।