Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शरीरमा पसिना धेरै आउँछ ? यी हुन् रोकथामका प्रभावकारी उपाहरु


एजेन्सी ।बढ्दो गर्मीको समयमा मानिसलाई धेरै पसिना आउने गर्छ । पसिनाका कारण जीउ गन्हाउने हुन्छ । पसिना गन्हाउँदा आफूलाई मात्र होइन सँगै बस्ने साथीहरुलाई पनि असहज बनिरहेको हुन्छ ।

यस्ताे अवस्थामा धेरै उपाय अपनाइरहेको पनि होला । शरिरमा भएको बिकार समेत पसिनाकै कारण बाहिर निस्किनुका साथै पसिनाले शरिरको तापक्रम समेत सन्तुलनमा राख्दछ भन्ने विश्वास पनि राखिन्छ ।

तर, आवश्यकताभन्दा बढी पसिना आउनु स्वास्थ्यका लागि हानिकारक हो । यस्तो समस्यलाई हाईड्रोसिस भनिन्छ । शरीर कमजोर भएको बेला पनि पसिना आउने तथा थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढी सक्रिया भएको बेला पनि पसिना आउने गर्दछ ।

 पसिना आउनबाट छुटकारा पाउन अपनाउनुपर्ने उपायहरु यसप्रकार छन् :

१. पुदिना तथा कागती पानी पिउने गर्नुहोस् ।
२. सफा तथा स्वच्छ पानी प्रशसता मात्रामा पिउँनुहोस् ।
३. आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फलफूलहरु खाने गर्नुहोस् ।
४. गर्मी मौसममा पीरो तथा अमिलो खानेकुरा खाने गर्नुहोस् ।
५. मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुहोस् ।
६. यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउने गर्नुहोस् । आवश्यकताभन्दा बढी पसिना आउने, बढी तापक्रम तथा स्वस्थ व्यक्तिले ५ लिटरसम्म पिउनु पर्छ ।
७. बढी पसिना आउने व्यक्तिले नियमित नुहाउनुका साथै बढी मात्रामा फलफुल सेवन गर्ने गर्नुपर्छ ।
८. लामो समयसम्म खाली पेट राख्नुहुँदै र मसलादार खानेकुरा नखानु नै राम्रो मानिन्छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?