Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा ( भिडियोसहित)


काठमाडाैं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुनुहुन्छ । लामो समयदेखि यहि क्षेत्रमा निरन्तर लाग्दै आउनु भएकी मुटुरोग विशेषज्ञ डा.स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसक्नु भएको छ । चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थप्नु भएको छ । उहाँ अहिले चिकित्सक स्मृति मात्रै होइन गायिका स्मृति पनि बन्नुभएको छ ।

हजारौँ हृदय रोगीहरुको दिल छोएर सफल उपचार गर्नुभएकी सुमधुर आवाजकी शाक्यले पछिल्लो समय ‘मैले मायाँ लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बजारमा ल्याउनु भएको छ । ट्युटुवमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्वम वजारमा ल्याइसक्नु भएका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शव्द रहेको छ । चिकित्सक शाक्यले गाउनु भएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ । म्युजिक भिडियोको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आउनु भएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसक्नु भएको छ ।

पूर्वमन्त्री शाक्यकै शव्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदम संगै हिंडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ । यो गीत पनि छायाङ्कनको क्रममा रहेको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?