Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ ।

इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।

ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका महत्वपूर्ण कृति एवम् कैयौं अनुसन्धान र खोजमूलक लेखरचना चीरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिनै रहने पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । साथै स्वर्गीय ज्ञानमणिको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । सो समवेदना सन्देश राष्ट्रपति पौडेलकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारजनलाई हस्तान्तरण गर्नुभएको थियो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?