Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

समाचार


अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

२७ असार, म्याग्दी । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो

एकीकृत कारोबार गर्दै  ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’

२७ असार, काठमाडाैँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै

दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा लगियो

२७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी

स्थानीयले सडकमै रोपे धान

२७ असार, म्याग्दी । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर बिरोध जनाएका छन् । ठेकेदारको लापरवाहीका कारण हिडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् । बिर्तामोड –३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नतिमार्गको सडक ठेकेदारको लापरवाहीका

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप

२७ असार, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि  मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’मा सिपिसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयू नाथन

डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

२७ असार, एजेन्सी । बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीन जनालाई भारत पठाइयो

२७ असार, बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

२७ असार, काठमाडाैँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्त गरे सीता दाहालको निधनप्रति श्रद्धाञ्जली

२७ असार, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफ्ना प्रतिनिधिलाई पठाएर शाहले दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सीता दाहालप्रति पूर्वराजा शाहको श्रद्धाञ्जली सन्देश लिएर पशुपतिभक्त महर्जन पेरिसडाँडा पुगेका थिए । प्रचण्डपत्नी सीता

जथाभावी फोहर फ्याक्नेलाई महानगरले तिरायो जरिवाना

२७ असार, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा

सम्वन्धित समाचारहरु