Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

स्थानीयले सडकमै रोपे धान


२७ असार, म्याग्दी । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर बिरोध जनाएका छन् । ठेकेदारको लापरवाहीका कारण हिडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।

बिर्तामोड –३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नतिमार्गको सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोधस्वरु सडकमै धान रोपेको बताएका छन् ।

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवत–जावतका लागि निकै समस्या भएको स्थानीयको भनाइ छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयलाई सो बाटो भएर हिड्न कठिन भएको बताएका छन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?