Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीन जनालाई भारत पठाइयो


२७ असार, बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका सङ्गीता रावत, मिना चन्द, कञ्चनपुरकी दिपीका भट्ट, मेलौली–३ का बिसन भट्ट, शिवनाथ–३ का भरत सिंह साउद, पाटन–१ का चन्द्रदेव पन्त, पञ्चेश्वर–७ कि पार्वती भण्डारी र उनका छोरा कृष भण्डारी, मेलौली–४ का अमित चन्दको उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

त्यस्तै डडेल्धुरा अस्पतालमा पञ्चेश्वर–३ का कृष्णा शाही, सोही ठाउँका खडकबहादुर चन्द र सेतु चन्दको उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई घर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए ।

पञ्चेश्वरबाट महेन्द्रनगर जादैँ लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो ।

ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?