Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


श्रमदान गरेर सडक मर्मत

८ ,असोज ,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको

स्वास्थ्य चौकी जाने बाटो नहुँदा नयाँ भवन प्रयोगविहीन

८ ,असोज ,बलेवा (बागलुङ) । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन । काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

८ ,असोज ,गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उनले बताए । “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन

८ ,असोज ,हाङ्जाउ,चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । सो स्पर्धामा आयोजक चीनका

राष्ट्र बैंकद्वारा राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

७ असोज ,काठमाडौँ । राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का सार्वजनिक गरेका हुन् । २५ ग्राम सिक्काको मूल्य रु.४,००० र १० ग्राम सिक्काको मूल्य रु.१,६०० निर्धारण गरिएको छ ।

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न काठमाडौं

७ असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई

मृत अवस्थामा फेला

७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ९ वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

७ ,असोज ,धनुषा ।  क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा मधेश प्रदेश-‍०२-००६ प ४८७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सिरहा लक्ष्मीपुर पतरी गाउँपालिका-२ बस्ने २३ वर्षीय आयुष कुमार रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अवैध लागूऔषधसहित पक्राउ

७ ,असोज ,काठमाडौँ ।चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा.प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे

सम्वन्धित समाचारहरु