Trending
>>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल >>   राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल >>   विराटनगर किङ्समाथि जनकपुरको सहज जित >>   सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल >>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु)
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा


७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे ।

सभापति देउवाले निर्वाचनमा जातका आधारमा मात्र भोट दिने चलन हटिसकेको र राम्रो उम्मेदवार हेरेर भोट हाल्ने गरेको सन्दर्भमा त्यसतर्फ समेत ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकृष्ट गराए ।

उनले मुस्लिम समुदायमा रहेको एकता र सौहार्दताको प्रशंसा गर्दै यसले अन्य समुदायलाई पनि प्रेरणा मिलेको विश्वास व्यक्त गरे । सो अवसरमा सभापति देउवाले सङ्घले समयमै महाधिवेशन गरेको र यसले अन्य भ्रातृ संस्थालाई पनि प्रेरणा मिल्ने बताउँदै महाधिवेशनबाट एकताका साथ सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको उल्लेख गर्दै पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाए ।

उनले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताए ।

साथै उनले सङ्घले महाधिवेशनमा छलफल गरी पारित गरेका मागका विषयले पार्टीको महासमिति बैठकमा प्रवेश पाउने विश्वास समेत दिलाए । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानअनुसारको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउन माग गरे ।

सङघका कार्यवाहक अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, अब्दुल रज्जाक, अब्दुल सत्तारलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

महाधिवेशनमा देशभरका सङ्घका ४३ जिल्ला समितिबाट चार सय ७३ प्रतिनिधिको सहभागिता रहेको छ भने सोमबार ८६ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया हुने बताइएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?