Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन


८ ,असोज ,हाङ्जाउ,चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे ।

सो स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गरेको छ । यसैगरी उसुको सान्सौं ९फाइट० तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारी पनि पराजित भए । महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसित पराजित भइन् ।

पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसित पराजित भए । यस्तै ६० किलोमा नेपालका मगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसित पराजित भए । यस्तै महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन् ।

उक्त स्पर्धामा चीन पहिलो, ब्रुना दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो । यस्तै ७० किलोतर्फ नेपालका पदम रा क्वाटरमा लाओसका खेलाडीसित पराजित भए । सुटिङमा पनि नेपालीले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो ।

सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७औं र सुस्मिता नेपाल ५८औं स्थानमा रहे। उक्त स्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए। इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २ १ अंकले पराजित भए।

यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित भइन् । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित भए। उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।

यस्तै जुडोमा नेपालका विकास विक तुर्कमिनिस्तानका खेलाडीसित १० ० अकले पराजित भए। यसअघि उनले कम्बोडियाका खेलाडीलाई १० ० अकले पराजित गरेका थिए। देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित भए।

यसैगरी पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०का खेलाडीसित पराजित भए । यस्तै बक्सिङमा पनि नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए ।

सुनार भियतनामकी खेलाडीसित ५–० अंकले पराजित भइन् । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५–० अंकले नै पराजित भए। महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ ० अंकले पराजित भइन्।

यस्तै टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अकको सोझो सेटमा पराजित गरे। उनी अन्तिम ३२ मा प्रवेश गरेका छन्। तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए।

दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसित तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन् । पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोलाको जोड भारतीय खेलाडीसित ६–२ र ६–३ अकले पराजित भए ।

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्ब पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित भए । लिम्ब सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?