मुग्लिन,चितवन। जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् । त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले
काठमाडाैं। सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार तीन सय रुपैयाँले
दमौली,तनहुँ । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १
गलकोट,बागलुङ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिए । उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम
काठमाडाैं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उपपराष्ट्रपति यादवले हरेक वर्षको मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमी, २०८० का अवसरमा सनातन धर्ममा विवाह पञ्चमीको
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । सो बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडाैंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका
टीकापुर। स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन् । उक्त प्रदेश सभाका पूर्व सदस्य उमादेवी बादी स्थानीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध राम्रो नभएको अनुभव आफूले पनि गरेको बताइन् । “ प्रदेश सरकारका कमजोरीसमेत सुधार हुन आवश्यक छ”, उनले भनिन्, “थुप्रै कानुन बनेका
काठमाडाैं। मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो । त्यसैगरी, त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ भने उक्त विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष
झापा। इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका छन् । वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । वडाको सलकपुर, कुवापानी र
काठमाडाैं। छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडाैंको वसन्तपुरबाट र्याली समेत निकालेको हो । उक्त र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो । त्यस्तै, २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसङ्घमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो