Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो


मुग्लिन,चितवन। जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।

त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले विश्वभरका साहसिक जलयात्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको त्रिशूली नदी र्याफ्टिङ लागि उत्कृष्ट केन्द्र रहेको यस क्षेत्रमा हाइड्रोपावर निर्माणले र्याफ्टिङ व्यवसाय सङ्कटमा पर्ने जानकारी दिए । त्यस्तै, जलयात्रा व्यवसायी तथा श्रमिकले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेको उनको भनाइ रहेको छ ।

संयोजक आलेले भने, “त्रिशूली नदी विश्वभरका साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, जलयात्रा व्यवसायी र श्रमिकहरूले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीको रूपमा पुज्ने गरेका छन् ।” तीन हजारभन्दा धेरै श्रमिकको रोजगारी गुम्ने खतरा रहेको उनको भनाइ छ ।

त्यसैगरी, त्रिशूली बचाउ अभियानले शनिबार चितवनको इच्छाकामना–३ फिस्लिङबाट गोरखाको गण्डकी–१ बुट्टटारस्थित हाइड्रो पावरको ड्यामसम्म र्याफ्टिङ र राजमार्गमा र्यालीसमेत निकालेको थियो भने वातावरणिय प्रभाव मूल्याङ्कनले समेत सो क्षेत्रमा हाइड्रोपावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।

उक्त कार्यक्रममा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारीले हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने बताए । यस त्रिशूली नदीलाई साहसिक जलयात्राको विश्वविद्यालयका रूपमा लिएको बताए । यहाँ र्याफ्टिङको तालिम लिएर विश्वरभर जुनसकै देशमा गएर पनि नेपालीहरूले काम गर्न सक्ने उनको भनाइ छ ।

नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र व्यवसायीको लगानी डुब्ने जलयात्रा पर्यटन व्यवसायीको भनाइ छ ।

सो त्रिशूली सरकारले र्याफ्टिङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?