Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उपराष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना


काठमाडाैं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उपपराष्ट्रपति यादवले हरेक वर्षको मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमी, २०८० का अवसरमा सनातन धर्ममा विवाह पञ्चमीको ठूलो महत्व रहेको भन्दै सबैलाई शुभकामना दिए । उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मौलिक अनुष्ठानहरूले सिङ्गो मानवजीवनलाई सत्यनिष्ठा, प्रेम, स्नेह, सहिष्णुता, मेलमिलाप, मैत्रीभाव, कुटुम्बभाव, भाइचारा आदिको सकारात्मक सञ्चार गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले विवाह पञ्चमी मनाउँदै गर्दा धर्म, संस्कृति, रीतिरिवाज र परम्पराका नाममा पछिल्लो समय देखासिकी, विकृति र विसङ्गति मौलाउँदै गएको भन्दै त्यसलाई परित्याग गर्न सक्नुपर्ने पनि धारणा राखेका छन् ।

“लाखौँ रकम खर्चेर बनाइने महँगा पण्डाल, ठूलो परिमाणको अनाजबाट मूर्ति बनाउनेजस्ता आयातित र महँगा संस्कृतिले विवाह पञ्चमीको मौलिकता ओझेलमा पर्न सक्छ”, उनले भने, “विवाह पञ्चमीलाई महोत्सवका रूपमा मनाउने तर यो दिन वैवाहिक सम्बन्ध कायम गर्न नहुने जुन भाष्यलाई पछिल्लो समय बढी प्रचारमा ल्याइएको छ त्यसले नकारात्मक सन्देश जान सक्छ, यसप्रति सबैजना सचेत र सावधान हुन अति जरुरी छ ।”

त्यस्तै, विवाह पञ्चमीको अवसरमा रामजानकी मन्दिरहरूमा भव्य कार्यक्रम आयोजना हुनुका साथै माता सीता र श्रीराम भगवान्को पूजा–उपासना गर्ने परम्परा रहिआएको छ भने धार्मिक मान्यताअनुसार यसै तिथिमा भगवान् राम र जनक नन्दनी सीताको शुभविवाह भएको थियो ।

उक्त अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम स्वदेश र विदेशका श्रद्धालु, भक्तजन र धार्मिक पर्यटकहरूले खचाखच भरिएको हुन्छ । यो अवसरमा सीताराम स्तुति, कथावाचन, प्रवचन, धार्मिक झा“की, प्राचीन गीतसङ्गीत आदिको आयोजना हुने गर्दछ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?