२०८१ साल माघ १२ गते शनिबार (25 JAN,2025) माघ कृष्णपक्ष एकादशी १८:३६ बजेसम्म, त्यसपछी द्वादशी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय
शरण तिरुवा निःशब्द ! केही दिन अगाडि Ashika Tamang दिदीलाई अबद्र व्यवहार को मुद्दा पश्चात हिरासत को बसाई मा हुनुहुन्छ । उहाँ हिरासतमा हुनुहुन्छ उहाँ लाई बाहिर के भइरहेको छ केही थाहा छैन । उहाँलाई आज फेरि भेटे भक्कानिएर रुनु भयो मेरो बाबु नानी को बिजोक भयो । मैले गल्ति
बुटवल । सुप्रिम सहकारीको बचत अपचलनमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस तीन दिनमा पनि नसकिएपछि आइतबार थप सुनुवाइ हुने भएको छ। लामिछाने बुधबार अदालतमा उपस्थित भएकोमा सो दिन बयान तथा बिहीबार र शुक्रबार बहस भएको थियो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको जिल्ला अदालत, रुपन्देहीका
बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका थिए । शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन
काठमाडाैं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदनमा आदेश जारी गर्दै सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकनको लागि अनुमति दिएको हो। यसअघि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय
काभ्रे । गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ । आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।
पाल्पा । सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिने भएकाे छ। सिद्दबाबा ब्रेक थ्रु का केही तस्वीरहरूः
सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिका-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अकलेशले ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन् । जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च। ९२७ नंको कार र बा५० प ७४१