Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य


काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।

आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण शुरु गरेको थियो । प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान तर्फमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताए । उनले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको विश्वास व्यक्त गरेका छन् ।

घरेलु लिग तर्फ खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्नसक्ने भएपनि आफ्ना खेलाडी अभ्यस्त हुने उनको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भएपनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उहाँले उल्लेख गरे । म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा मथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताउछन् । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उनको भनाइ छ ।

मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदान बाहिर छन् । अहिले दुवै जना रिकभर भैसकेको छैनन् । प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताए । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ । समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफै उत्साहित रहेको उनको भनाइ छ । टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उनको भनाइ छ । यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ ।

एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५ औं स्थानमा छ । जुन नेपालभन्दा ४८ औं स्थान माथि हो । किर्गिस्तान १२८ औं र लेबनान १३४ औं स्थानमा छन् । त्यसैले ठूलो महत्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो ।

प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गरे । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गरेका छन् । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनको भनाइ छ ।

नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद् हुने आशा गरे । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान् रहेको प्रीतिले बताइन् । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उनको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भएपनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउछिन् । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको रहेको छ ।

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । आगामी फेब्रुअरी १३ मा किर्गिस्तान नेपाल आउने भएको छ । अन्य दुई टोली भने त्यसको भोलिपल्ट आउनेछन् ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?