Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताए ।

कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताउंदै मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताए । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए ।

उनले भने, ‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मुल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ । यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो । शक्तिशाली राष्ट्रहरुले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ ।’

मन्त्री पाण्डेले शक्ति राष्ट्रहरुलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकतावद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताए ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?