Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


बाँकेमा आकाशे पुल निर्माण अनिश्चित

जानकी,बाँके। बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन । उक्त निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् भने भौतिक

कोशी प्रदेशसभा बैठक

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेस गरेका थिए । कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम ‘प्रदेश

पोखरामा अझै गुडिरहेका छन् बीस वर्ष पुराना सवारीसाधन

गण्डकी। सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको एक दशक बित्न लाग्दा पनि त्यस्ता सवारीसाधन सञ्चालनमा पूर्ण रोक लागेका छैनन् । यान्त्रिक अवस्था ठिक नभएका (थोत्रा) सवारीसाधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । त्यस्तै, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद भएको खुलेको छ । मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बसेको थियो । मंसिर ११ र १२ को बैठक सकिएपछि ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन। चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज यहाँ आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स’ विषयक कार्यक्रममा उहाँले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने

संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित

काठमाडौं। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमाथि परेका उजुरीका उजुरीकर्तासँग जानकारी लिएको छ । उक्त समितिको आजको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाल लगायतसँग जानकारी लिएको हो । त्यसक्रममा उजुरीकर्ताले आफ्नो उजुरी पुष्ट्याइँका सन्दर्भमा विभिन्न प्रमाणसहित दलील पेस गरेका थिए ।

‘भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्डलाई छानिए १२ प्रतिस्पर्धी

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदै छ । शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् । त्यस्तै, एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् भने नकआउट राउण्ड निकै रोचक रह्यो र लाइभ राउण्ड अझै मनोरञ्जक बन्ने निश्चित

जितका लागि अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडाैं। अफगानिस्तानले एसीसी यू-१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीले जम्सिद जद्रानको शतकप्रेरित निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो । उक्त प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली। नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । उक्त नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ

सम्वन्धित समाचारहरु