Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कोशी प्रदेशसभा बैठक


विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि न्याय तथा प्रशासन समितिबाट छलफल भई आएको समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले बताइन् ।
शून्य समय
कोशी प्रदेशसभा सदस्य हाजी इसराइल मन्सुरीले सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकस्थित रामजानकी मन्दिरको नौ कठ्ठा जग्गा तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्षले हिनामिना गरेकाले निजउपर आवश्यक कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् ।
सदस्य कमला दर्नालले मोरङको उर्लाबारी नगरपालिकाका ६२ वर्षीया शोभा सुन्दासलाई विराटनगरस्थित जागृति आश्रममा दलितका कारण दुर्व्यवहार गरिएकाले आश्रम सञ्चालकालई कारबाही गर्न माग गरिन् ।
सदस्य किशोरचन्द्र दुलालले समाजलाई उत्रत बनाउन सामाजिक र आर्थिक रुपान्तरण जस्तै सांस्कृतिक रुपान्तरण गर्न जरुरी रहेको चर्चा गरे ।
सदस्य गीता तिमिल्सिनाले मोरङको बेलबारी क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति गरिरहेकाले यसबाट बच्न र बचाउन सरकारले वैकल्पिक सोच बनाउनुपर्ने धारणा राखिन् ।
सदस्य गोपालबहादुर विश्वकर्माले मुलुक गणतन्त्रमा पसिसक्दा पनि दलित भनेर हेला गर्ने र विभेद गर्ने सनातन सोच बदल्न दलित अधिकार ऐन ल्याउन सरकारसँग माग गरे ।
सदस्य जयप्रकाश चौधरीले स्वतन्त्र, समानता र न्यायका लागि प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउन विलम्ब गर्न नहुने धारणा व्यक्त गरे । सदस्य मीना श्रेष्ठले रानीदेखि किमाथाङ्का सडक मार्गमा सुनसरीको तरहरादेखि माथि चाकोशे झाडीमा अहिले पनि सडक अलपत्र भएकाले छिटो निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । अर्का सदस्य रोहितबहादुर कार्कीले प्रदेश सरकारले मदरसा शिक्षालाई व्यवस्थित बनाउन माग गरे ।
त्यस्तै, सदस्य लीलाबल्लभ अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्द कोषमा सतार जातिका विषयमा गरिएकोे परिभाषा गलत भएकाले यसलाई अविलम्ब सच्याउन माग गरे भने प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० बजे बस्नेछ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?