Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

जितका लागि अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य


काठमाडाैं। अफगानिस्तानले एसीसी यू-१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीले जम्सिद जद्रानको शतकप्रेरित निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो ।

उक्त प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो । त्यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो मङ्गलवार भारतसँग खेल्नेछ भने आईसीसी एकेडेमी ओभर-२ मा हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् भने दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । उक्त प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

त्यस्तै, गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, युएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् भने नेपाल प्रिमियर कपको विजेता, युएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै युएईको टिकट काटेको थियो ।

 


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?