Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्डलाई छानिए १२ प्रतिस्पर्धी


काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदै छ । शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् । त्यस्तै, एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् भने नकआउट राउण्ड निकै रोचक रह्यो र लाइभ राउण्ड अझै मनोरञ्जक बन्ने निश्चित रहेको छ ।

उक्त टीम मिलन नेवारबाट फेथम ब्याण्ड, बिनोद राई र तृजा प्रधान लाइभ राउण्डमा प्रवेश गरेका छन् भने सो टीम उदय सोताङबाट कुमार प्रयास, रोजिना बस्नेत र विवेक बस्नेत पनि आगामी चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै, टीम प्रमोद खरेलबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोर्गेन लिम्बु लाइभ राउण्डमा प्रवेश गरेका छन् भने सो टीम राजेशपायल राईबाट मोनिका राई, हेन्जन मकर बहादुर र आश्विन राई प्रवेश गरेका छन् ।

सो लाइभ राउण्डका लागि आफूलाई मन पर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट गर्न सक्नेछन् भने भोटिङ पनि खुला भएको जनाइएको छ । यो चरणबाट जजको अधिकार दर्शकको हातमा पुगेको छ । दर्शकको भोटबाट विजेता चयन हुनेछन् ।

उक्त ‘भ्वाइस अफ नेपाल’ हिमालय टिभी एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?