Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्डलाई छानिए १२ प्रतिस्पर्धी


काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदै छ । शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् । त्यस्तै, एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् भने नकआउट राउण्ड निकै रोचक रह्यो र लाइभ राउण्ड अझै मनोरञ्जक बन्ने निश्चित रहेको छ ।

उक्त टीम मिलन नेवारबाट फेथम ब्याण्ड, बिनोद राई र तृजा प्रधान लाइभ राउण्डमा प्रवेश गरेका छन् भने सो टीम उदय सोताङबाट कुमार प्रयास, रोजिना बस्नेत र विवेक बस्नेत पनि आगामी चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै, टीम प्रमोद खरेलबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोर्गेन लिम्बु लाइभ राउण्डमा प्रवेश गरेका छन् भने सो टीम राजेशपायल राईबाट मोनिका राई, हेन्जन मकर बहादुर र आश्विन राई प्रवेश गरेका छन् ।

सो लाइभ राउण्डका लागि आफूलाई मन पर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट गर्न सक्नेछन् भने भोटिङ पनि खुला भएको जनाइएको छ । यो चरणबाट जजको अधिकार दर्शकको हातमा पुगेको छ । दर्शकको भोटबाट विजेता चयन हुनेछन् ।

उक्त ‘भ्वाइस अफ नेपाल’ हिमालय टिभी एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?