काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे नेपाली प्रतिनिधिमण्डल कतारकाे दाेहा पुगेकाे छ । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलआज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेकाे थियाे । उक्त सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदै छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा
काठमाडौँ । घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारतको इन्दोरबाट विज्ञ समूह काठमाडौँ आएको छ । ८ बर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको
बाजुरा । बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा सफल भएकी छन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् । पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी
बारा ।शिक्षकहरुको शान्तिपुर्ण धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।
स्वर्गद्वारी,प्यूठान। भृङ्गी–स्वर्गद्वारी–होलेरी सडकको भृङ्गी–स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरुको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो । उक्त सडक डिभिजन कार्यालय जस्पुर र सडक पूर्वाधार विकास कार्यालय प्यूठानले ट्राफिक सुरक्षा र पहिरो नियन्त्रणसम्बन्धी काम गर्न यातायात सञ्चालनमा रोक लगाइ काम थालेका
काठमाडौं। कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नकुर्ने संकेत गरेका छन् । निर्णायक आन्दोलनको मनस्थितिमा रहन पार्टी पङ्क्तिलाई ओलीले निर्देशन दिएका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी मिसन ८४
बागलुङ। व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो । गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो।