Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

‘यो सरकार बुख्याचामात्रै होइन निकम्मा भइसक्यो, निर्णायक आन्दोलनको मनस्थितिमा रहनू’


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नकुर्ने संकेत गरेका छन् । निर्णायक आन्दोलनको मनस्थितिमा रहन पार्टी पङ्क्तिलाई ओलीले निर्देशन दिएका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।

एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी मिसन ८४ मा छौँ । हाम्रा विरोधीहरू एक्लै लड्छौँ भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौँ एक्लै लड्छौँ भन्ने । हामी लड्यौँ तर उनीहरूले स साना अंक जोडेर सरकार बनाएका छन् । त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचामात्रै होइन निकम्मा पनि छ ।’

उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको आरोप लगाए । हाम्रा विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहने पार्टी पङ्क्तिलाई निर्देशित गरेका छन् ।

उनले भने, ‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरूको घाँटी एक ठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई सङ्गठित गर्नुपर्छ ।’


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?