Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक


स्वर्गद्वारी,प्यूठान। भृङ्गी–स्वर्गद्वारी–होलेरी सडकको भृङ्गी–स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरुको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।

उक्त सडक डिभिजन कार्यालय जस्पुर र सडक पूर्वाधार विकास कार्यालय प्यूठानले ट्राफिक सुरक्षा र पहिरो नियन्त्रणसम्बन्धी काम गर्न यातायात सञ्चालनमा रोक लगाइ काम थालेका हुन् ।

धार्मिक पर्यटकीय क्षेत्रमा बर्सेनी भइरहने सडक दुर्घटना कम गर्ने लक्ष्य लिइएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजीव श्रेष्ठले बताए । भृङ्गी–स्वर्गद्वारी सडक १४ किलोमिटर लामो छ । यो सडकखण्डमा झण्डै छ किलोमिटरमा ‘स्टिल व्यारियर’ राखिने भएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमार्फत आएको रु सात करोड ८९ लाख चार हजार ५१७ बजेटले सडक सुरक्षा सुधारको काम गर्न थालिएको श्रेष्ठले बताए। उनका अनुसार सडक निर्माणको जिम्मा ड्रामा–जलजला–रेड–अर्थ जेभीले लिएको छ भने सो सडकको २०८१ असार २२ मा सक्नेगरी सम्झौता भई निर्माण सुरु गरिएको छ ।

उक्त सडक पूर्वाधार विकासका कार्यालयका प्रमुख चन्द्रबहादुर साहले तारजाली, ग्याविन पर्खाल, प्लम कङ्क्रिट टेवा पर्खाल, आरसिसी पर्खाल, ह्युमपाइपलगायत कामका लागि रू दुई करोड ८३ लाख ७८ हजार ५२२ को सम्झौता गरी काम सुरू गरिएको जानकारी दिए । पौडेल कन्ट्रक्सन सन्धिखर्क अर्घाखाँचीले ठेक्का लिइ २०८१ असार १२ भित्र सक्नेगरी ठेक्का सम्झौता भएको हो । दुई महिनामा सडक खोली यातायात सञ्चालन गर्ने तयारी रहेको दुवै कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख साहले भन्नुभयो, “चैतसम्म यातायात चलाउन मिल्नेगरी काम भइरहेको छ, यसलाइ जतिसक्यो छिटो गर्नेछौँ ।” साहले साँघुरो सडक फराकिलो, कालोपत्र मर्मत, ट्राफिक सुरक्षाले स्वर्गद्वारी यात्रा सुरक्षित बनाउने उद्देश्य रहेको समेत बताए ।

त्यस्तै, भृङ्गी–स्वर्गद्वारी सडक बुधबार राति १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । संयुक्त विज्ञप्ति जारी गरी धार्मिक पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?