काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस अवसरमा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन राज्यमन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् ।
काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीलाई कुट्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । २४ माघको राति प्रहरी कुटेर फरार रहेका शाहीले आत्मसपर्मण गरेका हुन् । आत्मसर्मपण गरेका शाहीलाई पनि ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज
महेश बस्नेत राप्रपाको तर्फबाट प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अराजक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज बसेको राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेछ । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्र, जयन्तीदेवी राई, सांसद जगतबहादुर पार्कीलगायतले सांसद शाहीको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि खेद प्रस्ताव
काठमाडाैं । पोखरामा भएको बेलुन विष्फोट र काठमाडौंको ग्यास सिलिन्डर विस्फोटका घाइतेको स्वास्थ्य अवस्थाबारे बुझ्न आज कीर्तिपुर वर्न अस्पताल पुगेँ। शनिबार पोखरामा भएको बेलुन आगलागीमा परि घाइते हुनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था र केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर
एजेन्सी। ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् । ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । जसले राष्ट्र र सरकार प्रमुखहरूलाई
काठमाडौँ। सत्तापक्षीय प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधिन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आईतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् । उनले संसदमा पेश भएका अध्यादेशका
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पारदर्शिता, सूचनाको हकको प्रत्याभुति र वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्ण रहेको बताएका छन् । आईतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरुको क्रियाशिलता पनि अपरिहार्य रहेको बताएका
एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३
एजेन्सी। हमास र प्यालेस्टिनी इस्लामिक जिहादले शनिवार युद्धविराम सम्झौताको पहिलो चरणको छैटौं आदानप्रदानको रूपमा दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको तीन इजरायली वन्धकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा तीन वन्धकहरू, अलेक्जान्ड्रे (साशा) ट्रुफानोभ, सागुई डेकेल–चेन र यायर हर्न अपहरणमा परेका
काठमाडौँ। भृकुटीमण्डपमा जारी नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषि उद्यमी तथा व्यवसायी खुशी देखिएका छन् । शुक्रवारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरु खुशी भएका हुन् । सोलुखुम्बुका कृषक तिलकबहादुर राईले स्टलमार्फत आफ्ना कृषि उत्पादन विक्री गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहजीकरण