Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

राष्ट्रियसभा कसरी वृद्धाश्रम?


  • महेश बस्नेत 

राप्रपाको तर्फबाट प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अराजक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज बसेको राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेछ । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्र, जयन्तीदेवी राई, सांसद जगतबहादुर पार्कीलगायतले सांसद शाहीको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि खेद प्रस्ताव पारित गर्दै आगामी दिनमा आफ्नो अभिव्यक्ति दिनुअघि विचार पुर्याउन निर्देशन दिईएको रहेछ ।

‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

पछिल्लो बेला सांसदहरूको स्तरहीन अराजक प्रस्तुति र शैलीले गर्दा सदन स्टनबाजी गर्ने थलोको रुपमा परिणत हुँदा विधेयकहरु माथिको छलफलमा गम्भीरता देखिएको छैन ञानेन्द्र शाही जस्ता ऐजेरु पलाएका छन् राष्ट्रिय सभाले यस्ता ऐजेरु हरूलाई काँटछाट गर्न राम्रै प्रस्ताव पारित गरेछ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?