काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्।
पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूको जम्मा १ हजार १७६ मत रहेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार