Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

प्यालेस्टिनी सशस्त्र समूहद्वारा ३ इजरायली वन्धकहरू हस्तान्तरण


एजेन्सी। हमास र प्यालेस्टिनी इस्लामिक जिहादले शनिवार युद्धविराम सम्झौताको पहिलो चरणको छैटौं आदानप्रदानको रूपमा दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको तीन इजरायली वन्धकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा तीन वन्धकहरू, अलेक्जान्ड्रे (साशा) ट्रुफानोभ, सागुई डेकेल–चेन र यायर हर्न अपहरणमा परेका थिए ।इजरायली अधिकारीहरूले इजरायल र हमास बीचको छैटौं बन्धक–बन्धक आदानप्रदानको भागको रूपमा आफ्नो जेलबाट ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । मुक्त गरिएका कैदीहरूमा ३६ जना आजीवन कारावास भोगिरहेका थिए र अक्टोबर ७, २०२३ को आक्रमणपछि गाजा पट्टीबाट इजरायलले पक्राउ गरेका ३३३ बन्दीहरू थिए ।

हमासको सैन्य शाखा अल–कस्सम ब्रिगेड र प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडका सदस्यहरूको उपस्थितिमा कडा सुरक्षा व्यवस्था बीच तीन वन्धकहरू हस्तान्तरण मञ्चमा उक्लिएका थिए ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?