Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्यालेस्टिनी सशस्त्र समूहद्वारा ३ इजरायली वन्धकहरू हस्तान्तरण


एजेन्सी। हमास र प्यालेस्टिनी इस्लामिक जिहादले शनिवार युद्धविराम सम्झौताको पहिलो चरणको छैटौं आदानप्रदानको रूपमा दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको तीन इजरायली वन्धकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा तीन वन्धकहरू, अलेक्जान्ड्रे (साशा) ट्रुफानोभ, सागुई डेकेल–चेन र यायर हर्न अपहरणमा परेका थिए ।इजरायली अधिकारीहरूले इजरायल र हमास बीचको छैटौं बन्धक–बन्धक आदानप्रदानको भागको रूपमा आफ्नो जेलबाट ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । मुक्त गरिएका कैदीहरूमा ३६ जना आजीवन कारावास भोगिरहेका थिए र अक्टोबर ७, २०२३ को आक्रमणपछि गाजा पट्टीबाट इजरायलले पक्राउ गरेका ३३३ बन्दीहरू थिए ।

हमासको सैन्य शाखा अल–कस्सम ब्रिगेड र प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडका सदस्यहरूको उपस्थितिमा कडा सुरक्षा व्यवस्था बीच तीन वन्धकहरू हस्तान्तरण मञ्चमा उक्लिएका थिए ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?